काठमाडौं, १७ भदौ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा भारतीय नागरिक ४० वर्षीय मत्र पथ्रत अली अकबर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्ष विनोद घिमिरेले बताए । ‘एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका निजलाई जाँच गर्ने क्रममा निजको लगेजबाट करिब एक किलो ७८० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो,’– उनले भने ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले निज पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।




प्रतिक्रिया