प्रचण्डले बोलाए पदाधिकारी बैठक


काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि बस्ने भएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

साथै, यसअघि सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनको सवालमा पनि छलफल हुने नेताहरुलेब ताएका छन् । पार्टीका उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा बोलेको विषयमा पनि अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट रहेको बताईन्छ ।

भोलिको बैठकमा यो विषयमा पनि छलफल हुने बताईन्छ । जनार्दनले हालै दिएको एक अन्तर्वार्तामा पनि अध्यक्ष प्रचण्डको निर्णयको कारण पार्टी रक्षात्मक बन्नुपरेको दोष लगाएका छन् । file photo