काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ आएको भन्दै किनिदिन सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले जुम्लाको स्याउ अर्गानिक रहेको भन्दै किनेर खानको लागि आग्रह गरेका छन् ।
उनले भने,‘सबभन्दा पहिला त जुम्लाको स्याउ बजारमा आएको छ, रसिलो छ, स्वादिलो छ, केमिकल हालेको छैन। त्यो स्याउ सबैले किनिदिनुहोला ।’ उनले कृषिमन्त्री रामनाथ अधिकारीलाई अझै एक/दुई महिना विदेशी स्याउ नल्याउनको लागि आग्रह गरेका छन् । विदेशी स्याउ रोकिदिँदा जुम्लाको स्याउले बजार पाउने उनको विश्वास छ । उनले जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द रहेको भन्दै सहज यातायातको लागि भौतिक पूर्वाधारमन्त्रीसँग आग्रह गरे ।




प्रतिक्रिया