काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सोसल मिडिया बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । सरकारले नेपाल सरकारसँग दर्ता हुन नआएका सोसल मिडियाहरु आज राति १२ बजेबाट बन्द गर्ने निर्णय लिएको छ । यही सन्दर्भमा माओवादी सांसद पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले मिडियाकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ, यसको हामी विरोध गर्दछौँ। नियमन गर्नेकुरा आवश्यक छ। तर यसका लागि सरकारले कहाँ समस्या हो, केके हो हेरेर बल्ल नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ।’




प्रतिक्रिया