काठमाडौं, २० भदौ । सरकारले फेशबुकलगायतका विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनको लागि सरकारले सम्बन्धित निकायलाई हिजो नै पत्राचार गरिसकेको छ। यो अवधिमा हाम्रो पात्रो दर्ता प्रक्रियामा आईसकेको सरकारले जनाएको छ ।
मेटा र एक्सले पनि दर्ता प्रक्रियामा सामेल हुनेगरि इमेल आदानप्रदान गरेको भनिएको छ। तर, सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नै फेशबुक प्रयोग गरिरहेका छन् । उनको नाममा खोलिएको सचिवालय फेशबुकमा आजपनि सक्रिय छ ।
आजबाट सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्र प्रधानमन्त्री ओलीको सचिवालयले फेशबुकमार्फत तस्विर सार्वजनिक गरेको छ। उक्त पोष्टमा धेरैले प्रधानमन्त्रीले चाहीँ फेशबुक प्रयोग गरेको र जनताको आवाज बन्द गराएको भनेर आलोचना भएको छ ।






प्रतिक्रिया