काठमाडौं, २० भदौ । देशभक्त नागरिक मञ्चले नेपालको सार्वभौम भूमि लिम्पियाधुरा, लिपुलेकमाथिको अतिक्रमणलाई रोक्नको लागि चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक गरेको छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले आज हराएको नेपाल राष्ट्र खोज्न र लुकाईएको नेपाल राष्ट्र खोस्न उठ्नको लागि पनि अपिल गरेको छ । मञ्चले यस विषयमा पहिलोपटक चिनियाँ दूतावासमा नागरिकको सुझावसहित पत्र बुझाईएको जनाएको छ । मञ्चले चीनलाई नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको कुरालाई स्थापित गर्नको लागि सहयोग गर्न आग्रह गरेको छ ।
मञ्चका संयोजक गोविन्द बोहोराको हस्ताक्षरमा चिनियाँ दूतावास र युएनको लागि पत्राचार गरिएको हो । आजको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य भने कमला भट्टराईले राखेकी थिईन् । सुरेन्द्र केसी, दुर्गाप्रसाद पौडेल, रामप्रसाद मैनाली, दिलिप थापामगरले पनि आफ्नो धारणा राखेका थिए । नेपाल सार्वभौम देश र आजसम्म कसैको अधिनस्थ नभएकोले यो सार्वभौमिकता जोगाउनुपर्ने कुरामा एकमत रहेको सुनाएका थिए ।



कार्यक्रममा डा. विजय मिश्र, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीलगायतले पनि आफ्नो धारणा राखेका थिए । डा. केसीले राजनीतिक दलहरुले गर्नुपर्ने काम नागरिक मञ्चले गरेको भन्दै धन्यवाद दिए । उनले सुगौली सन्धिले कालीपूर्व र काली पश्चिम भनेको स्मरण गराए । राणा प्रधानमन्त्रीहरु सिमांकनको विषयमा गम्भीर रहेको कुरा जंगबहादुरले पहिला सिमांकनको अडान लिनुले प्रष्ट पारेको केसीको भनाई छ । उनले चीनतर्फ १४ सय किलोमिटर हो भने भारतर्फ १८१८ किलोमिटर रहेको तथ्यांक पेश गरे । उनले चीनसँग सिमा विवाद नभएको जिकिर गरे । उनलेच चीनतर्फ नेपालको सिमा विवाद नगन्य मात्रामा रहेको बताए ।




प्रतिक्रिया