काठमाडौं, २२ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गने भएको छ । आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विकल्पबिना सोसल मिडिया बन्द गर्ने कुरा गलत भएको नेताहरुले धारणा राखेका थिए ।
सोसल मिडिया नियमन गर्नुको साटो बन्द गरिएको भनेर यसअघि नै महामन्त्री गगन कुमार थापालगायतका नेताले विरोध जनाईसकेका छन् । उनीहरुले सरकारको कदम गलत भएको भन्दै तत्काल निर्णय सच्याउन भनिसकेका छन् ।
सभापति देउवाले पनि सोसल मिडिया बन्द गरेको विषयमा चासो राखेका छन् । उनले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने भनेका छन् । आजको बैठकमा मनाङको प्रदेशसभा २ उपनिर्वाचनको लागि भाग लिनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया