काठमाडौं, २२ भदौ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदनहरु सर्वसम्मतीले पारित भएको छ ।
यही भदौ २० गतेदेखि आजसम्म चलेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन, आयोगको तर्फबाट प्रस्तुत प्रतिवेदनहरु आज सर्वसहमतिले पारित भएका हुन् । विधान महाधिवेशन आजै समापन हुने भएको हो ।




प्रतिक्रिया