काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धम ‘जेन–जी’ पुस्ताले व्यापक प्रदर्शन गरेका छन् । जेन–जी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा सरकार र सरकारमा रहेका पदाधिकारीहरुविरुद्ध नाराबाजी भएको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरको संसद् भवनसम्म छपक्कै ढाकेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
‘केपी चोर, देश छोड’ लगायतका नारा उनीहरुले लगाएका थिए । उनीहरुले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतविरुद्ध पनि विभिन्न प्लेकार्डहरु प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।




प्रतिक्रिया