काठमाडौं, २३ भदौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले जेन जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गम्भीर ध्यानाकार्षण गराएको छ। जसपा नेपालका महासचिव रामकुमार शर्माले आज एक विज्ञप्ती जारी गर्दै जेन जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरी दर्जनौं संख्यामा ज्यान गएको र सयौं आन्दोलनकारीहरु घाईते भएको भन्दै गम्भीर ध्यानकार्षण गराएका छन् ।
उनले भनेका छन्,‘युवा विद्यार्थी सम्मिलित ‘जेनजी जेड’ पुस्ताले आज २०८२ भाद्र २३ गते राजधानी काठमाडौंसहित देशैभरि सरकारले सामाजिक सञ्जालहरू बन्द गरेको विरुद्ध तथा भ्रष्टाचार अन्त्य हुनुपर्ने लगायतका माग गर्दै गरिरहेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा गरिएको दमनमा परि दर्जनौंको संख्यामा ज्यान गएको छ भने सयौं आन्दोलनकारी र पत्रकारहरू सिकिस्त घाइते भएको दुःखद घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।र शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीको गोली प्रहारले मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित तत्काल निशुल्क उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’





प्रतिक्रिया