कांग्रेस नेता पोखरेलले मागे गृहमन्त्री लेखकको राजीनामा


काठमाडौं, २३ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

जेन–जी को प्रदर्शनमा सरकारले दमन गरेको र ठूलो संख्यामा नागरिकको ज्यान गएको सन्दर्भमा पोखरेलले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोखरेलले लेखेका छन्–‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनुपर्‍यो।’