राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लेखक


काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने मनस्थिति बनाएको छ । आज (सोमबार) साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा लेखकले ठूलो मानवीय क्षति भएकाले आफू पदमा बस्न उचित नरहेको बताएका थिए ।

गृहमन्त्री लेखकले आफू नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराएका छन् । आज (सोमबार) जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर देशभर १९ जनाको मृत्यु भएको छ ।