जेन-जी प्रदर्शनकारीद्वारा प्रचण्ड निवासको तोडफोड


काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनकारीहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा तोडफोड गरेका छन् । खुमलटारस्थित एक प्रहरी बिटमा आगजानी गरेर अगाडि बढेको प्रदर्शनकारीहरुको एक समूहले प्रचण्ड निवासमा तोडफोड गरेको हो ।

उनीहरुले प्रचण्ड निवासको गेट अगाडि उभिएर ढुंगामुढा गरेका थिए । जेन–जी आन्दोलन विहानैदेखि उग्र बन्दै गएको छ । काठमाडौं, ललितपुरलगायतका विभिन्न क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गरिएको छ । प्रदर्शनकारीहरुले आज विहान सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजानी गरेका थिए ।