भैंसेपाटीको मन्त्री क्वार्टरबाट मन्त्रीहरुलाई हेलिकप्टरमा सुरक्षित स्थानमा सारियो


काठमाडौं, २४ भदौ । जेन-जी पुस्ताको प्रदर्शनमा राज्यले अत्यधिक बल प्रयोग र दमन गर्दा १९ जना नागरिकको ज्यान गएपछि आज देशभरि आन्दोलनको आगो बलेको छ । प्रदर्शनकारीले आज नेताहरुको घर घरमा आगजानी र तोडफोड गरेका छन् ।

उनीहरुले केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, गगन थापा, दीपक खड्का र रघुवीर महासेठलगायतका नेताहरुको घरमा आगजानी र तोडफोड गरिसकेका छन् ।

युवाहरुको ठूलो संख्या भैंसेपाटीस्थित् मन्त्री क्वार्टर छिर्न थालेपछि सुरक्षा निकायले आकस्मिक रुपमा हेलिकप्टर बोलाएर मन्त्रीहरुलाई सुरक्षित स्थानमा सारेको छ । अहिले मन्त्री क्वार्टर रहेको क्षेत्रका आकाशमा निरन्तर हेलिकप्टर उड्न थालेका छन् ।

Photo Source: Asian Concreto