काठमाडौं, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुःखद् एवम निन्दनीय कार्य भएको भनेको छ । सम्वाद सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै यो घट्ना शान्ति प्रिय नेपाली समाजको मान्यताविपरित रहेको भनेको छ ।
घट्नामा ज्यान गुमाएका ति होनहार आत्माप्रति पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारबाट हार्दिक श्रद्धाञ्जली र उनीहरुको अभिभावकजनमा समवेदना प्रकट ठरेका छन् । शाहले पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखेको पनि सम्वाद सचिवालयले उल्लेख गरेको छ ।
हाल उठेका सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने पनि पूर्वराजा शाहको चाहना रहेको छ ।





प्रतिक्रिया