रास्वपाका सबै सांसदले दिए राजीनामा


काठमाडौं, २४ भदौ । रवि लामिछाने नेतृत्वको रास्वपाका सबै २० जना सांसदले राजीनामा दिएका छन् । पार्टीको आज (मंगलबार) बसेको संसदीय दलको बैठकमार्फत उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

जेन-जी पुस्ताको आन्दोलनमा राज्य दमन हुँदा १९ जना नागरिकको ज्यान गएपछि आजपनि युवा पुस्ता आन्दोलनमा उत्रिएका छन् । रास्वपाले वर्तमान सरकारको औचित्य पूर्ण रुपमा समाप्त भैसकेको निश्कर्ष निकालेको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ ।