उपसभामुख इन्दिरा रानाले पनि राजीनामा दिने


काठमाडौं, २४ भदौ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरु राजीनामा दिएर संसद्बाट बाहिरिने भएका छन् । रास्वपाका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालाका अनुसार उपसभामुख रानाले पनि पदबाट राजीनामा दिने भएकी हुन् ।

‘हाम्रै पार्टीबाट प्रतिनिधिसभाको उपसभामुख हुनुभएको इन्दिरा राना मगरले पनि केही समयमा आफ्नो राजीनामा सार्वजनिक गर्नुहुनेछ,’– उनले भने ।