काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनकारीहरुले बनेपा नगरपालिकामा आगजनी गरेका छन् । आक्रोशित जेनजी भीडले नगरपालिकाको कार्यालयमा आगो लगाएको हो । सो क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा हिजो (सोमबार) देखि जेन–जी पुस्ता आन्दोलनमा उत्रिएका छन् । जेन–जीको आन्दोलनमा हिजो प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो ।
काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशका विभिन्न ठाउँमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको भए पनि प्रदर्शनकारीहरु उल्लेख्य मात्रामा सडकमा देखिएका छन् । उनीहरुले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालतलगायतका स्थानमा समेत आगजनी गरेका छन् ।




प्रतिक्रिया