काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर थप दुई जनाको मृत्यु भएको छ । योसँग जेन–जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २१ पुगेको छ । काठमाडौंको कालीमाटी चोकमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको हो ।
ती युवाहरुको टाउकोमा गोली लागेको बताइएको छ । जेन–जी आन्दोलनमा प्रहरीले दमन गरेपछि आजबाट झन उग्र बनेको छ ।




प्रतिक्रिया