जनमतका अध्यक्ष राउतले दिए सांसद पदबाट राजीनामा


काठमाडौं, २४ भदौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । देशमा जारी आन्दोलन र वर्तमान अवस्थालाई नौलो गणतन्त्रले मात्रै सम्बोधन गर्न सक्ने भन्दै उनले सोको स्थापनाका लागि राजीनामा दिएको बताएका छन् ।

सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर उनले लेखको राजीनामा पत्रमा भनिएको छ, ‘ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म सँधै जनतासँगै उभिन्छु ।’

डा. राउतले विगतमा आफूलाई पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अफर आउँदा पनि कुनै लालच नदेखाएको बताएका छन् । डा.राउतको राजीनामालाई देशभर भइरहेको जेन–जीहरुको आन्दोलनसँग जोडेर हेरिएको छ ।