सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित


काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले पेशीमा रहेका मुद्दाको सुनुवाई अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । जेन–जी आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएर पूर्ण रुपमा क्षति भएपछि मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो ।

सर्वोच्चका रजिष्टारकाले जारी गरेको सूचनामा भनिएको छ, ‘आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जति अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नहर भएको हुदाँ आजको लागि तोकिएका मुद्धाको पेखी स्थगित गरिएको र ओलि देखिका लेखीमा रहेका मुदाहरुको सुनुलाई अर्को नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा समेत जानकारीको सूचना लागि अनुरोध छ।’

जेनजीले गरेको प्रदर्शनको क्रमा हिजो (मंगलबार) सर्वोच्च जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।