संसद् भवनभित्र ३२ जना मृत फेला परेको हो त ? यसो भन्छ प्रहरी…


काठमाडौं, २५ भदौ । नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृत भेटिएको भनी भ्रामक समाचारमा बनाइएको बताएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो । विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन प्रहरीले अनुरोध गरेको छ ।

‘अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ,’– प्रहरीले भनेको छ ।