काठमाडौं, २५ भदौ । प्रतिनिसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । जेन–जी प्रदर्शनका क्रममा संघीय संसद् भवनमा आगजनी भइ ध्वस्त भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले संघीय संसद् भवनमा आगजनी गरेका थिए । आगजनीबाट संघीय संसद् भवन जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।
संघीय संसद्मा महासचिव पद्मप्रसाद पाण्डेयले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भदौ २५ गते बुधवार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’




प्रतिक्रिया