काठमाडौं, २५ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारबाट नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीसहित ३ हजार ३ सय कैदीबन्दी फरार भएका छन् । सो कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दीमध्ये अहिले करिब ५ सयमात्रै बाँकी रहेको बताइएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २ वर्षदेखि थुनामा रहेका थिए ।
रायमाझी भद्र बन्दीगृहमा रहेका थिए । भागेका रायमाझी अहिले कारागारको सम्पर्कमा नरहेको बताइएको छ । जेन–जी प्रदर्शनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीहरु भागेका छन् । डिल्लीबजार कारागारमा पनि कैदीबन्दीहरुले आगजनी गरेका थिए । उनीहरुको भाग्ने प्रयास सेनाले असफल बनाएको थियो ।




प्रतिक्रिया