काठमाडौं, २६ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अबको निकास भनेको नै नयाँ सरकार र नयाँ संविधान भएको बताएका छन् । उनले अहिलेको संकटको एकमात्र सही निकास “लुटेरा भगौडाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोच्चतासहितको नयाँ संविधान” आजको आवश्यकता भएको औंल्याएका छन् ।
उनले जेन जी पुस्ताको अगुवाईमा भएको जनआन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सिमिति गर्ने षड्यन्त्र भइरहेको भन्दै गुनासो पोखेका छन् । जेन जी आन्दोलनले चाहेको समग्र बदलाव हो भन्नेउनको दाबी छ । साहले फेशबुकमा लेखेका छन्–
जेन जी पुस्ताको अगुवाइमा भएको जन आन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सिमित गर्ने षड्यन्त्र भइरहेको छ, जबकी आन्दोलनले चाहेको समग्र बदलाव होस लुट भ्रष्टाचारको अन्त्य र अवस्थामा सुधार हो । तपाई हामी सबैलाई थाहा छ, फैक्ट्री जस्तो हुन्छ ( उत्पादन त्यस्तै हुन्छ । अर्थात, गलत सिस्टम, संरचना र नेतृत्वका कारण देशको यो दुरगति भएको हो । भ्रष्टाचार केन्द्र सरकारमा मात्र हैन, अन्य ७६० सरकार अर्थात् प्रदेश र स्थानीय सरकारमा पनि भ्रष्टचार व्याप्त छन । यो सार्वभौम सत्यलाई स्वीकार्नुको सट्टा युवाहरुलाई ललिपप दिएर झुक्याउने जुन प्रयास भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन । जेन जी भाई बहिनीहरुलाई भन्न चाहन्छु, सतहमा रमाउने हैन, समस्याको गहिराईमा पुगौ । समस्याको सामाधान सिर्फ नेतृत्वमा हैन, व्यवस्थामा खोजौ । नत्र तपाई हामीले गरेको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ । अहिलेको संकटको एक मात्र सही निकास “लुटेरा भगौड़ाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तिरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोचता सहितको नया संविधान” आजको आवश्यकता हो । यसर्थ, सबैले भनौं ू नया सरकार र नया संविधान ॥ू धन्यवाद १




प्रतिक्रिया