काठमाडौं, २६ भदौ । ३३ केजी सुन तस्करीको नाईके गोरे जेलबाट फरार भएका छन् । गोरे भनिने चुडामणि उप्रेती सुन्धारा कारागारबाट भागेका हुन् । सो कारागारबाट भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि भागेका छन् ।
जेन जी पुस्ताको आन्दोलनले उग्र रुप लिँदा देशभरिका कारागारबाट कैदीबन्दीहरु फरार भएका छन् । सुन्धाराबाट मात्रै ३३ सय कैदीहरु भागेको बताईन्छ । सुरक्षा संयन्त्रले कैदीहरुलाई सम्पर्कमा आउन भनेको छ ।




प्रतिक्रिया