सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुखको शपथ यथाशीघ्र खुवाइयोस्ः माओवादी नेता किराती


काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई यथाशीघ्र अन्तरिम सरकार प्रमुखको शपथ खुवाइनुपर्ने बताएका छन् । नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनका कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाइनुपर्ने उनले बताएका छन् । जेन–जीहरुले पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि सारेका छन् ।

‘यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरुको प्रस्तावमा परेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाईयोस्,’– उनले भनेका छन् ।