नवलपरासी कारागारमा १९ कैदी फर्किए


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २७ भदौ । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।

कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । “केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्”, उनले भने । 

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी  कारागारमा कूल ५७५ कैदी थिए ।  रासस