काठमाडौं, २७ भदौ । जेन–जी आन्दोलनका क्रममा देशभरका ३१ कारागारबाट १३ हजार १ सय १४ कैदीबन्दी फरार भएका छन् । फरार भएकामध्ये १ हजार २ सय ९८ जना नियन्त्रण र सम्पर्कमा आएको बताइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार देशभर कूल ३१ वटा कारागारबाट कैदीबन्दी भागेका थिए । अझै ११ हजार ८ सय ६८ कैदीबन्दी फरार रहेको बताइएको छ । जेलबाट भाग्ने क्रममा ९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको बताइएको छ ।
इन्सेकका अनुसार केन्द्रीय कारागार सुन्धाराबाट सबैभन्दा बढी कैदीबन्दी भागेका छन् । सुन्धारा कारागारबाट ३ हजार ४ सय ५०, सुनसरीको झुम्का कारागारबाट १ हजार ५ सय ७२, ललितपुरको नख्खु कारागारबाट १ हजार २ सय ८० कैदीबन्दी फरार भएका छन् ।






प्रतिक्रिया