धरानको भाटभटेनीमा जलेको अवस्थामा ३ जनाको शव फेला


काठमाडौं, २७ भदौ । धरानको भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा जलेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जेन–जी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो । प्रहरीका अनुसार जलेर नचिनिने अवस्थामा ३ जनाको शव फेला परेको हो ।

आज (शुक्रबार) जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सुपरमार्केटको भग्नावशेषमा प्रवेश गरेका थिए । सो क्रममा शव फेला परेको हो । प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि पठाएको छ ।

योसँगै जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ ।