प्रधानमन्त्री कार्कीलाई मोदीको शुभकामना, नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध


काठमाडौं, २८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका हुन् ।

उनले नेपालका दाजुभाइ तथा दिदीबहनीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । भारतीय विदेश मन्त्रालयले हिजो नै कार्की नेतृत्वको अन्तरिम सरकारको स्वागत गरिसकेको छ ।