प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिकः पूर्व न्यायाधीश केसी (भिडिओसहित)


काठमाडौं, २८ भदौ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रधानमन्त्री सुशिला कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पहिला संसद् विघटन गरेर सांसदबाहेकका मान्छेहरुलाई प्रधानमन्त्री नियुक्त गरिनुलाई मात्रै संवैधानिक मान्न सकिने बताएका हुन् ।

पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री नियुक्त भइसकेको पनि उनले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले स्वीकृत गरेका छन् । यसलाई पूर्व न्यायाधीश केसीले सुरुमै असंवैधानिक भएको बताएका छन् ।

‘पहिला सांसदबाहेकको अरु मान्छे राखेर प्रधानमन्त्री बनाइदियो र उसले संसद् विघटन गर्दियो भने त्यसको सुरुमै असंवैधानिक हुन्छ । उसको प्रवेशलाई पहिला संवैधानिक गर्नुपर्यो,’– उनले भने ।