काठमाडौँ, २८ भदौ । कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्तिलाई शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गर्दै विभागले आज एक विज्ञप्ति निकालेर कृषि उद्यमी, कृषि व्यवसायी तथा किसानलाई सहयोग गर्न भनेको हो ।
विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार सागसब्जी, बीउबेर्नालगायत उत्पादन आपूर्ति तथा ढुवानीमा समस्या भएको गुनासो आएकाले आपूर्ति शृङ्खलामा असर हुने गतिविधि नगर्न आग्रह गरिएको हो । रासस




प्रतिक्रिया