हेटौँडामा जनजीवन सामान्य बन्दै


बागमती, २८ भदौ । स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यू हटाएपछि आज बिहानबाटै हेटौँडालगायत बजारको जनजीवन सामान्य बन्दै गएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आज बिहान सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कर्फ्यू हटाएका हुन् ।

निषेधाज्ञा र कर्फ्यू हटेसँगै बजार, पसल खुलेको छ भने बजारमा चहलपहल बढेको छ । जेनजीको प्रदर्शनका कारण मुलुकको असहज परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यही भदौ २६ गतेदेखि मकवानपुर जिल्लाभरि निषेधाज्ञा र कर्फ्यू जारी गरेको थियो ।

आन्दोलनकारीहरुले हेटौँडास्थित डेढ दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । रासस