काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको घोषणापति आफ्नो दलको असहमति रहेको बताएका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्गप्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय सर्वोच्च अदालतले भनिसकेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ,विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले फैसला गरिसकेको छ, हाम्रो पार्टी अदालतको सोही व्याख्या अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ। तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ। प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर तथा चिन्तित छ।’





प्रतिक्रिया