काठमाडौं, २९ भदौ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफूले देखाएको तत्परता, राष्ट्रभक्ति, देशभक्ति, चासो र चिन्तालाई खिसिट्यूरी नगर्न आग्रह गरेका छन् । देश संकटमा पर्दा तीन करोड नेपालीमा म गर्छु भनेर कोही नआएको अवस्थामा आफूले साहस देखाएको उनले बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै साम्पाङले आफूले कसैलाई पनि मलाई प्रधानमन्त्री बनाइदेउ नभनेको बताए । उनले देशमा यत्रो संकट पर्दा धरानमा बसेर रमिता हेर्न र फेसबुकमा स्ट्याटस लेखेर बस्न नसकेर काठमाडौं आएको बताए ।
‘मैले कसैलाई मलाई प्रधानमन्त्री बनाइदेउ भनेको होइन । पब्लिकको चाहना चाहिँ त्यस्तो छ भनेर मैले सुनाएको चाहिँ हो । देश संकटमा भएको बेला सबै मान्छे पछि हटिराखेको बेला, डराइराखेको बेला म यो देश जोगाउन सक्छु भनेर साहस देखाएर आएको चाहिँ हो म । देशमा यत्रो संकट पर्दा धरानमा बसेर रमिता हेर्नु, फेसबुकमा स्ट्याटस लेखेर बस्न चाहिँ मैले सकिनँ,’– उनले भने ।
आफूलाई युवा जमातले मन पराएको र यो मान्छेले भ्रष्टाचार गर्दैन र भोलिका दिनमा भ्रष्टाचारीलाई पनि छाड्दैन भन्ने विश्वास रहेको उनले बताए ।




प्रतिक्रिया