जेन-जी आन्दोलनः चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटिए ६ वटा शव


काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनको क्रममा आगजनी भएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको हो । उक्त शव चिन्न सकिने अवस्थामा छैन ।

गत भदौ २३ गते देशैभर जेन–जी आन्दोलन भएको थियो । जेन–जी आन्दोलनका क्रममा प्रहरीले दमन गर्दा सोही दिन गोली लागेर २१ जनाको मृत्यु भएको थियो । भोलिपल्ट (भदौ २४ गते) जेन–जीहरुले आगजनी र तोडफोड गरेका थिए । सो क्रममा भाटभटेनीका विभिन्न २१ वटा शाखामा आगजनी भएको थियो । जेन–जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या हालसम्म ५८ पुगेको छ ।