काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका क्रममा गम्भीर घाइते भएर वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचाररत दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको हो ।
मृत्यु भएका दुवै जनाको टाउकोमा गोली लागेको थियो । उनीहरुलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । यो सँगै जेन–जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ६० पुगेको छ । संख्या अझै बढ्नसक्ने अनुमान रहेको छ ।




प्रतिक्रिया