काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । महत्वपूर्ण मानिएको अर्थ मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री कार्कीले अनुभवी अर्थविद् रामेश्वर खनाललाई ल्याएकी छिन् ।
यस्तै, उज्यालो नेपालका नायक कुलमान घिसिङलाई उर्जा मन्त्रालयको नेतृत्व सुम्पिएको छ । उनलाई उर्जासहित अरु दुई मन्त्रालय भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ ।




प्रतिक्रिया