नवनियुक्त मन्त्रीहरुको शपथ आज


काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथ आज हुने भएको छ । राष्ट्रपतिको कार्यालयले जनाएअनुसार नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान साढे ११ बजेका लागि समय तय गरिएको छ ।

प्रधानमन्त्री कार्कीले आइतबारका तीन सदस्यीय मन्त्रिपरिषद् विस्ता गरेकी थिईन् । प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छन् । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।