काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ दिएका छन् । प्रधानमन्त्री कार्कीले आइतबारका तीन सदस्यीय मन्त्रिपरिषद् विस्ता गरेकी थिईन् ।
प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छन् । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति भवन शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथ ग्रहणका लागि मञ्च बनाइएको थियो । मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया