गृहमन्त्री अर्यालले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, ३० भदौ । अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्री पदको शपथ लिएका छन् । अर्याललाई गृह मन्त्रालयका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जेन–जी आन्दोलनपछि नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्ता गरेकी हुन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा कुलमान घिसिङ र अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाललाई नियुक्त गरेकी छन् । कूलमानले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।