प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को कार्यविभाजनः कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?


काठमाडौं, ३० भदौ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त र कार्यविभाजन गरेका थिए । जसअन्तर्गत अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री र अधिवक्ता ओम प्रकाश अर्याल गृह र कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी
तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या प्रधानमन्त्री कार्कीकै मातहतमा राखिएको छ ।