जेन-जी आन्दोलनः विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला


काठमाडौं, ३० भदौ । जेन–जी आन्दोलनको क्रममा जलेको विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला परेको छ । गत भदौ २४ गते प्रदर्शनकारीहरुले विराटनगरको भाटभटेनीमा पनि आगजनी गरेका थिए । सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रुपमा जलेको अवस्थामा एक जनाको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

उक्त शव पूर्ण रुपमा जलेको र पहिचान गर्न कठिन रहेको बताईको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जेन–जी आन्दोलनका क्रममा देशभरका भाटभटेनीका २१ वटा शाखामा आगजनी भएको थियो ।