काठमाडौं, ३० भदौ । निर्वाचन आयोगले रूपन्देही–३ को आसन्न प्रतिनिधिसभा उपनिर्वाचन रद्द भएको जानकारी गराएको छ । यसअघि रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन तोकिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी आगामी फागुन २१ गते देशैभर प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेपछि आयोगले रूपन्देही–३ को उपनिर्वाचनको सबै प्रक्रिया रद्द गरेको हो ।
‘राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन आगामी फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’– आयोगले जारी गरेको सूचनामा भनिएको छ ।




प्रतिक्रिया