काठमाडौं, ३० भदौ । सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्युवरण गरेका सहिद परिवारलाई प्रतिपरिवार १५ लाख क्षतिपूर्ति र राहत दिने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि सरकारले प्रत्येक मृतक परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैडकले थप ५ लाखसहित जम्मा १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । उनले आजमात्रै तीन जना मन्त्री नियुक्त गरेकी थिईन् ।
त्यस्तै, मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय पनि गरेको छ । जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले बताए । असोज १ गते सार्वजनिक बिदा दिएर देशभर झण्डा झुकाउने निर्णय भएको छ ।




प्रतिक्रिया