सुनको मूल्य तोलाको दुई लाख १७ हजार


काठमाडौँ, ३१ भदौ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलाको  दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला  २० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस