काठमाडौं, ३१ भदौ । असोज महिनाका लागि बाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कूल २० वटा बाणिज्य बैंकमा असोज महिनाका लागि ९ वटा बाणिज्य बैंकले भदौकै व्याजदरलाई निरन्तरता दिएका छन् भने ९ वटा बाणिज्य बैंकले घटाएका छन् । दुईवटा बाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् ।
असोज महिनाका लागि ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्र्रे बैंक, एनआईसी एसिया र हिमालयन बैंकले निक्षेपमा ६ प्रतिशत व्याजदर तोकेका छन् । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, प्राइम कर्मसिलय बैंक, नबिल बैंक र सिद्धार्थ बैंकले ५.५ प्रतिशत व्याजदर कायम गरेका छन् ।
सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले भने असोज महिनाका लागि ५.२५ प्रतिशत ब्याज कायम गरेका छन् ।
त्यस्तै, नेपाल एसबीआई र स्टान्डर्ड चार्टड बैंकले भने असोज महिनाका लागि ५.१८ ब्याज तोकेका छन् । कुमारी बैंक ५.०१ प्रतिशत र कृषि विकास बैंकले ५.०५ प्रतिशत ब्याजदर तोकेका छन् ।




प्रतिक्रिया