राष्ट्रिय सभाका अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री कार्की, संकटलाई सही निकास दिन सहकार्यको आवश्यकता


काठमाडौं, ३१ भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्नको लागि अध्यक्ष दाहाल आज बालुवाटार पुगेका हुन् ।

भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको लागि शुभकामना ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ । उनीहरुबीच देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताईन्छ ।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्न आग्रह गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।