जनमतले मुख्यमन्त्री सिंहलाई सरकारबाट फिर्ता बोलायो


काठमाडौं, ३१ भदौ । जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सरकारबाट फिर्ता बोलाएको छ । जनमत पार्टीका मधेस प्रदेश सभा संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री सिंहलाई सरकारबाट फिर्ता बोलाएको पत्र सभामुख रामचन्द्र मण्डललाई बुझाएका हुन् ।

मधेश सरकारलाई दिइको समर्थन फिर्तासहित मुख्यमन्त्री र मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको ब्यहोरा पत्रमा उल्लेख छ । सो जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गत भदौ २८ गते नै गराइसकेको पनि बताइएको छ । सभामुख मण्डलले प्रदेशसभा सचिवालयका सचिवलाई सो पत्र दर्ता गरी आवश्यक कारबाहीको लागि निर्देशन दिएको बताइएको छ ।

जनमतले मुख्यमन्त्री सिंहलाई राजीनामा बुझाउनका लागि निर्देशन दिँदै आएको थियो । मुख्यमन्त्री सिंहले पार्टीको निर्देशन नमानेपछि प्रदेश सभामुख मण्डललाई संसदीय दलको नेता यादवले दल सरकारबाट फिर्ता भएको र प्रतिपक्षमा बस्ने भन्दै पत्र बुझाएका हुन् ।